जनकपुरधाम २३ माघ ।
आफ्नै आँगनमा खेल्दाखेल्दै हराएका सिराहाका २ वर्षीय बालक भारतमा फेला परेका छन् । सिराहा सदरमुकाम सिराहा नगरपालिका वडानम्बर १ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षी छोरा प्रयांसु गत भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जनकारी दिनुभयो ।
हराएको ४८ घण्टाभित्रै फेला परेका बालकलाई बिहीबार राति ७ बजेतिर घर ल्याएर उनको परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताए ।बालक कसरी सिराहाबाट भारतसम्म गए भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here