काठमाडौँ २२ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको आमहडताल सफल पार्न अध्यक्ष प्रचण्ड स्वयम् सडकमा आएका छन् । आन्दोलनमा सहभागीहरुलाई उत्साहित पार्न प्रचण्ड सडकमा आएर केहीबेर सरकारको कदम बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनी सातदोबाटोबाट कोटेश्वर आएका थिए । आन्दोलनमा सहभागी भइ उनले कोटेश्वरमा संक्षिप्त सम्बोधन समेत गरेका थिए । कोटेश्वरको आन्दोलनमा सहभागि भइ उनी घर फर्किएका छन् ।
सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here