काठमाडौँ २२ माघ ।
बिहीबार बिहानै काठमाडौँको गोंगबुमा प्रचण्ड–माधव पक्षले एक ट्याक्सीमाथि आगजनी गरेको छ ।कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको बताए ।कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ,’ सिंहले भने, ‘दुई जनाको खोजी कार्य भइरहेको छ ।’सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्ताल गरेको प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७१ जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्द कर्ताहरुलाइ नियन्त्रणमा लिने कार्य देश भर चलिरहेकै छ डिटेल आउने क्रम जारी छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here