रौतहट १९ माघ
रौतहटको सिमा नाकाहरुबाट भन्सार छली विभिन्न सामग्री प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र सो मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा भन्सार छली चोरीका विभिन्न सामग्री लाखै बराबरको विभिन्न सामग्री झोला बोराहरुमा नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलो देखेपछि तस्करीहरुले झोला बोराहरु छाडी फरार भएको र सो सामग्री प्रहरी टोलीले झोला बोराहरु खोली हेर्दा अन्दाजी एक लाख त्रिहत्तर हजार पाँच सय नब्बे रुपैयाँ बराबरको चप्पल, चिनी, खैनी, स्टेसनरीको सामान र कष्टमेटिक सामानहरु, घडी सर्फ, सुर्ती ९ किलो, धुलो खुर्सानी, धुलो धनीया, पानीपुरी, ट्राउजर, साईकल र विआर ३० एफ नम्बरको मोटरसाईकल लगायतका मालबस्तुहरु वेवारिसे अवस्थामा प्रहरीले बरामत गरेको हो ।
सो सामग्रीहरु बरामद गरी आवश्यक थप कारवाहीको सोमबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी शिद्धि विक्रम साहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here