काठमाडौं १८ माघ ।
कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको छ ।
शनिबार राति ११ बजे म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएका वहाहरुलाई घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी बिष्टले बताए ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ थप अनुुसन्धान भइरहेको जनकारी दिनुभयो ।








