बिरगंज १७ माघ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया र राईजिङ्ग बिरगंज नेपालको सन्युक्त आयोजनामा स्वागत सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम शनिवार सम्पन्न
सामुदायिक सेवा केन्द्र छपकैया पर्सा बिरगंज र राईजिङ्ग बिरगंज नेपाल को सन्युक्त आयोजनामा शनिवार स्वागत , सम्मान तथा खुल्ला रक्तदान कार्यक्रम छपकैया प्रहरी बिट प्राङ्गणमा सम्पन्न भएको हो ।
सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा पर्सामा नया आउनु भएको प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको स्वागत गर्नुका साथै सामुदायिक सेवा केन्द्र छपकैया लाई सहयोग गर्नु हुने , योगदान दिने सघ सस्था , सन्चारकर्मी , समाजसेबिहरु , सामाजिक अभियन्ता , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र प्रहरीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सो कार्यक्रमको बिशिस्ट अतिथि रक्त सन्चार सेवा समिति , बिरगंजका संयोजक मधु राणा , कर्णेल मदन जङ्ग राणा, पर्सा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन कार्की , नेपाल पत्रकार महासघ प्रदेश न२ का सदस्य जगत राई , वडा न।३ का वडा अध्यक्ष बैजु स्वणकार , ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान , सामुदायिक सेवा केन्द्र छपकैया९२ का सस्थापक सदस्य सरोज खड्का , सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र स्थानियहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here