जनकपुरधाम १६ माघ ।
धनुषामा एक मदिरा उद्योगीको हत्याका आरोपमा प्रहरीले ४ जनालाइ नियन्त्रणमा लिएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –७ सखुवा महेन्द्रनगर स्थित सञ्चालित क्षिरेश्वरनाथ डिस्टेलरी इन्डस्ट्रीजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको हो ।बिहीबार बिहान उनको शव रक्ताम्य अवस्थामा उद्योगको क्वाटरमा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ७ चुवारेका स्थायी बासिन्दा रेग्मीको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाइ नियन्त्रणमा लिएको छ ।
चारजनालाई नियन्त्रणमा लिइ घटनाको विषयमा थप अनुसन्धन भइ रहेको सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
यधपि नियन्त्रणमा लिएको व्यक्तिहरुको नाम अहिले प्रहरिले सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here