वीरगञ्ज १६ माघ ।
वीरगञ्जमा लैङ्घिक हिंसा न्युनिकरण र साइबर अपराध सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र ग्रीनसिटीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज पब्लीक कलेजको सभाहलमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघिय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले प्रशिक्षण दिनुभएको थियो ।प्रहरी बरिष्ठ उपरिक्षक दाहालले समाजमा परिवर्तनका लागी सकरात्मक सोचलाई अभिबृद्धि गरी चेतनाको स्तरलाई उकास्नुपर्नेमा जोड दिनुभयो थियो । लैङ्घिक हिंसा तथा साइबर क्राइम अपराध जस्ता अमानविय क्रियाकलापहरुको न्युनिकरणको निम्ती समुदाय, प्रहरी सँग सँगै विद्यार्थीहरुको पनि ठूलो भुमिका उहाँको भनाई छ । हरेक नागरिक बिना बर्दी को प्रहरी भएको बताउँदै कुनै किसिमको अपराध वा हिंसाजन्य त्रियाकलाप हुँदा १०० नम्बर मा निशुल्क सम्पर्क गरेर प्रहरीलाई सुचना दिन पनि उहाँले आग्रह गर्नुभयो ।त्यसैगरी गल्ती नगर्दा सम्म प्रहरी देखी नडराई प्रहरी मेरो साथीको भनाईलाई आत्मसाथ गर्नुपर्ने वीरगञ्ज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्यलेबताउनु भयो ।कार्यक्रममा विपद व्यवस्थापन गुल्म वीरगञ्जका प्रहरी निरिक्षक सरोज प्रजापति, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, प्रहरी, सन्चारकर्मी ग्रीनसिटी सामुदायिक सेवा केन्द्र का पदाधिकारी, क्याम्पसका शिक्षक, शिक्षिका एवम् विद्यार्थीहरुको उत्साह जनक उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here