सप्तरी १५ माघ ।
सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने अन्य दुईजना गम्भीर घाइते भएका छन् हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रोलरमा ठोक्किँदा चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ। मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउँका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here