लुम्बिनी १२ माघ ।
दाङको राप्ती नदीमा बनेको पुल प्रधानमन्त्री ओली द्धारा उद्घाटन कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको स्थायी राजधानीमा पर्ने राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गरेका हुन् । राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण अवधिभन्दा अगाडि नै निर्माण सम्पन्न भएको थियो ।
झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माणमा सम्पन्न भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए ।
नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाट कर्णाली नदीमा छ । गेरुवा पुलको लम्बाइ एक हजार १५ मिटर छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख भूमिश्वर ढकालले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here