रौतहट १० माघ ।
अधिकार र पहिचानको लगि जिबन पर्यन्त शंघर्ष गर्नु भएका पहिचानबादि नेता, मधेश आन्दोलनका प्रनेता, संघीयताको प्रबर्तक स्वर्गिय गजेन्द्र नारायण सिङको १९ औ पुन्यतिथि विभिन्न कार्यक्रमहरुको आयोजना गरि देशै भरि मनाईको छ ।
यसै विच रौतहटको सदरमुकाम गौर तथा जयनगरमा पनि स्वर्गिय सिंहको पुण्यतिथीमा कार्यक्रमहरु संचालन भएको हो ।

१९ औं पुण्यतिथीको अवसरमा गजेंद्र नारायण सिंह अध्ययन केंद्रको आयोजन तथा जसपा युवा नेता संजय यादवको संयोजकत्वमा रौतहटको गौरको नगरपालिकाको सभाहल पनि कार्यक्रम संचालन गरिएको हो ।
जनता समाजवादी पार्टीका नेता एवम गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता प्रमुख अतिथि रहेको सो कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उप प्रमुख किरण ठाकुर, शेख जमसौद, विवेक यादव तथा ओम प्रकाश मधेशिया लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
स्वर्गीय गजेन्द्र नारायण सिंह तत्कालिन नेपाल सदभावना पार्टीको स्थापना गरि मधेशीहरुको हक अधिकार तथा पहिचानका लागि संर्घष गरेका थिए ।








