रौतहट १० माघ ।
शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनहरूका शहिद परिवारलाई जागिर दिने घोषणा गरेका छन् ।
शुक्रवार रौतहटको माधव नारायण नगरपालिका ५, मिठुअवामा जनयुद्धका शहिद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब ईन्जिनियर पढेका शहिद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने बताए ।
मन्त्री साहले योग्यताका आधारमा सबै शहिद परिवारलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखेको जीकिर गर्नुभयो
जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रिया यता सरकारी कुर्सीमा बसे पछि र शहरि बिलासी जीवन बिताउन थालेपछि शहिद परिवारलाई भुलेको बताउदै मन्त्री सरकारले वर्तमान सरकारको प्राथमिकतामा शहिद परिवार रहेको बताए । शहिदहरुले दिएको बलिदानी कै कारण देशमा नयाँ व्यवस्था आएको आफुहरु नेता भएको स्मरण गराउदै मन्त्री साहले शहिदको सपना साकार पार्न अन्तिम सम्म लडि रहने प्रतिबद्धता जनाए । तीन सयभन्दा बढी शहिद परिवारको सदस्यहरु कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसद द्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिका की प्रमुख रीना कुमारी साह, माधव नारायण नगरपालिका की उप प्रमुख सिमल कुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उप प्रमुख कान्ति देवी महतो, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here