सप्तरी ९ माघ ।
सप्तरीमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
प्रदेश–०२–०१–००१ त ००३२ नं को ट्र्याक्टर सप्तरीको कञ्चनरूप–११ ठेलिया टोलको नहर स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय राम आशिष रामको घटना स्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्र भई पल्टिँदा ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह,१७ वर्षीय सुनिल कुमार राम र अग्नि साइर कृष्ण सवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ।ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिल ,मदनको खट्टा, पेट र टाउको मा चोट लागेको प्रहरीले बताएको छ ।
घाइतेहरुको सप्तरीको रूपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानाकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here