जनकपुरधाम ९ माघ।

सिरहा प्रहरीले स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ मा बस्ने २७ बर्षीय अनिल शर्मालाई लागूऔषधसहित पक्राउ गरिएको छ । सिरहाको गोलबजार नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लागू औषध बिक्री वितरण गर्न गोलबजारबाट लहानतर्फ लाँदै गर्दा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएका प्रहरी टोली र इलाका प्रहरी कार्यालय गोल बजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जनकारी दिनुभयो उनीहरुको साथबाट डाइलेक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नुफिन इन्जेक्सन ४५ थान, पासमोप्रोक्सीरोन ४८ थान र नाइट्राभेट ट्याब्लेट १४ सय ९७ थान बरामद भएको शर्माले जनकारी दिए।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here