सर्लाही ८ माघ ।
सर्लाहीको हरिवन नगरपालिका ४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ १७ जना घाइते भएका छन् ।
दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस बिहीबार बिहान चार बजे दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका ५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीय रिता चौधरी छन् ।
राजकुमारीको घटनास्थलमै र रिताको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । बस दुर्घटनाको कारण खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here