धनुषा ८,माघ
धनुषामा १० वर्षअघि गोली हानेर हत्या गर्ने व्यक्तिलाइ प्रहरीले सिरहाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका २ साविकको भरतपुर गाविस–८० बस्ने ३४ वर्षीय जागेश्वर यादव छन् ।यादवले २०६८ साल भदौ २९ गते सिरहाको तत्कालीन धनगढी गाविस ९ बस्ने श्रीप्रसाद साह सोनारको गोली हानी हत्या गरेका थिए ।
बा. ११ प ४९४२ नम्बरको मोटरसाइकल चढेर धनुषाका तत्कालीन भरतपुर गाविसस्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवाखोलाको काटा झारीमा फ्याँकेका थिए ।उनीहरुले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद २५ हजार, आधी ताला सुनको औंठी, एक तोला सुनको सिक्री, चाँदीको ब्रासलेट एक थान र मोबाइल एक थान लुटेका थिए ।हत्यापछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।
यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चैया नगरपालिका ३ बाट बुधबार साँझ पक्राउ गरेको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको उँहाले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here