रौतहट ८ माघ ।
रौतहट जिल्लाको चन्द्र्रपुर नगरपालिकामा संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदमका विरुद्ध काग्रेस पार्टी केन्द्रीय समितिको विरोध कार्यक्रम अनुसार बृहत कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काग्रेस नगर कमिटी चन्द्रपुरले प्रधानमन्त्री ओलीद्वारा भएको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी कदम भएको भन्दै सो विरोध कार्यक्रम गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिकाको नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको वृहत जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम विहिबार भव्यताका साथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाका १० ओटै वडामा विरोध कार्यक्रम आयोजना गरिएको थियो ।
विहिबार गरेकोे विरोध कार्यक्रम राौतहटका १८ ओटै स्थानीय तहका हरेक वडामा गरिएकोे थियो ।
चन्द्रपुरका काँग्रेस कार्यकर्ताहरुले चर्को नाराबाजी गर्दै चन्द्र्रपुर पार्टी कार्यालय आई पुगेको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमासँगै वडा नं १ स्थित पौराई बागमती पुगेर बृहत मोटरसाइकल र्याली सहित चन्द्रपुर वडा नं १० स्थित कटरचौरीमा सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख अथिति संघीय संसद देवप्रसाद तिमल्सिना तथा विशिष्ठ अथितीहरुमा प्रदेश सभा सदस्य धनलाल ठोकर तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको आतिथ्यता रहेको नेपाली कांग्रेस चन्द्रपुरका युवा नेता कल्याण कार्कीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here