जनकपुरधाम ७ माघ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित बावनबिग्हा जाने बाटोबाट लक्ष्मिनियाँ गाउँपालिका– १ बस्ने विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताए ।
उनको साथबाट दुई थान कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएको छ ।
हतियार ओसारपसार गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रक्रिया अघि बढाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले जनकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here