काठमाडौं ६ माघ ।

सोमबार बिहान २ः१५ मा एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीले टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए ।

प्रहरीले मेसिन फोड्दै गर्दा बैतडी महादेवस्थान गाउँपालिका वडा नं ५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक पक्राउ परेका हुन् । फरार रहेका शुरेस धानुक हिजो साँझ पक्राउ परेका डिएसपी विष्टले जनकारी दिए।
प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ ।

पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here