रौतहट ६ माघ ।
रौतहटको यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा शौचालय र खाने पानी धारा विधालय र स्वस्थ्य चौकिलाई हस्तान्नरण कार्यक्रम सम्पन्न भएको छ । युनिसेफको आर्थिक सहयोग र एन सि भि नेपालको सहकार्य र अभियान नेपाल रौतहटको आयोजनामा संचालीत करोना भाइरस तयारी परियोजना अन्तर्गत सो कार्यक्रममा सम्पन्न भएको हो । उक्तकार्यक्रम सर्लाही र रौतहटको १२ वटा विधालय तथा स्वास्थ्य चौकिमा शुद्ध खानेपानी शौचालय हस्तान्तरण गरिएको हो । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहको आतिथ्यमा सम्पन्न भएको हो । भने यमुनामाई गाउँपालिकाको सरुअठा गाउँका स्वास्थ्य चौकि प्रमुख सुधिर कुमार सिहँ को अथित्यतामा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा एन सि भि को कार्यकारी निर्देशक यादव गौतम र अभियान नेपालका कार्यकारी निर्देशक सत्रुधन सिहँ रिक्स अफिसर राजन साह लगायत सवसधारणको उपस्थितिमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here