काठमाडौं ४ माघ ।
सहायक सूचकको रुपमा कार्यरत नेपालगन्उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी सुवास खड्काले जानकारी दिएकाहुन ।
डीएसपी खड्काका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार करिब १०ः१५ बजेको समयमा खेतबारीमा एक पुरुषको शव देखे पछी प्रहरीलाई खबर गरेका थिए । सुरुमा थापाको पहिचान हुन ुकेको थिएन । अनुसन्धानको क्रममा अनुसन्धान विभाग बाँकेमा कार्यरत थापाहो भन्ने खुलेको उनले जानाकारी दिएका छन् । ‘थापाको शव उनको घरभन्दा करिब साढे २ किलोमिटर परको खेतमा फेला परेको खड्काले बताए । उनको टाउकोमा धारिलो हतियारको प्रहार भएको देखिन्छ । टाउकोमा लागेको चोटका कारण नै उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।’
डीएसपी खड्काले भने, ‘बिहीबार उनी अफिस गएको देखिन्छ । अफिस गएपछि पनि उनको सम्पर्क परिवारसँग भएको देखिन्छ । बिहीबार साँझदेखि सम्पर्कविहीन भएका उनको सोही दिन हत्या भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको अनुसन्धान विभाग बाँकेले बताएको छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here