रौतहट ३ माघ ।
रौतहटको राजपुर नगरपालिकामा शुक्रबार आयोजित कोभिड १९ बाट प्रभावित महिला तथा विपन्न परिवारहरुलाई वृहत राहत वितरण कार्यक्रममा माण्डवी संस्थाले ठुलो संख्यामा राहत वितरण गरेको छ ।
राजपुर नगरपालिका ५ स्थित श्री जनता नमूना माध्यमिक विद्यालय राजपुर फरहदवाको प्रांगनमा शुक्रबार आयोजित वृहत् राहत वितरण कार्यक्रममा माण्डवीले कोभिड १९ बाट प्रभावित दुई सय भन्दा बढी परिवारलाई खाद्यान्न लगाएतका सामग्रिहरु वितरण गरेको हो ।
कार्यक्रममा दुई सय ४० दलित, अति गरिव तथा विपन्न परिवारहरुलाई खाद्यान्न, स्वच्छता लगाएत सामग्रि वितरण गरिएको हो ।
कार्यक्रममा उक्त विपन्न परिवारहरुलाई प्रति परिवार ३० किलो चामल, २ किलो दाल, तरकारी, नुन, मसाला, खाने तेल सहित एक एक थान ग्याँस सिलिण्डर र चुल्हो वितरण गरिएको माण्डवी संस्थाकी अध्यक्ष झाले बताएकी छिन ।
त्यस्तै विभिन्न रोग लाग्नबाट बच्न उनिहरुलाई ६,६ पिस हात धुने साबुन र १ केजीको एक पैकिट सरफ पनि वितरण गरिएको उनले बताईन् ।
हिजो खाद्यान्न र स्वच्छता सामग्रि सहयोग गरेकी माण्डवी अध्यक्ष झाले यसभन्दा अघि जिल्लाको विभिन्न गाउँमा चिसोबाट बच्न न्यानो कपडा वितरण गरेकी थिइन ।
यूएन वुमनको सहयोगमा माण्डवीले कोविड १९ बाट प्रभावित महिला तथा विपन्न समुदायहरूलाई उक्त राहत सामाग्री उपलब्ध गराएको हो ।
उनले समय समयमा आपत विपदमा परेका गरिव, असाहाय तथा विपन्न परिवारहरुलाई नगद देखी लिएर विभिन्न किसिमको सामाग्रिहरु वितरण गर्दै आएकी छिन् ।
शुक्रबार राहत वितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एउटा महिला भएर समाज सेवामा समर्पन भइ समाज सेवाको लागि देखाएको हिम्मत र त्यागको खुलेर प्रशंसा गरेका छन् ।
गरिव नागरिकहरुलाई समय समयमा हरेक दृष्टिकोण बाट सहयोग गर्दै आएकोले उनको यो कार्य निकै सराहनीय रहेको
प्रहरीजिल्लाअधिकारी यादवले बताउनु भयो ।
समाजसेवामा सदैव लागिरहने अन्जु झाले समाजसेवाको निमित आफुले हर वखत जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रजिअ यादवले बताए ।
कार्यक्रममा नेपाली सेनाका प्रमुख, शसस्त्र प्रहरीका प्रतिनिधि, अन्य सुरक्षाकर्मी, नागरिक समाज, राजपुर नगरपालिकाका मेयर शेख सकिल , निम्ति प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
राहत वितरण कार्यक्रम लाई सम्बोधन गर्दै माण्डवी संस्थाकि अध्यक्ष एवम् महिला समाजसेवी झाले राहत वितरण कार्यक्रम यूएन वुमनको सहयोगमा देशको दुई जिल्ला रौतहट र कैलालीमा लागू गरेको हो । कैलालीको टिकापुर र लमकीचूहा तथा रौतहटको ईशनाथ र राजपुर नगरपालिकामा यो कार्यक्रम लागू गरिएको जानकारी गराउँदै उनले यो कार्यक्रमको उदेश्य चारवटै नगरपालिकामा १ हजार महिला कृषक तयार पार्ने रहेको बताइन् ।
ती कृषक महिलाहरू लाई माण्डवीको तालिम गोष्ठीमा सहभागी हुने भएकोले वहाँहरू लाई यो राहत उपलब्ध गराइएको उनले बताइन् ।
यति मात्र नभइ वहाँहरूको अन्य आवश्यकता पूरा गर्न प्रति व्यक्ति १३ हजार ५०० रूपैयाँ खातामा पठाइने पनि बताउनु भयो ।
सबैको साथ , सहयोग र समन्वय रह्यो भने यो कार्यक्रम ६ महिना बाट बढाएर अझै थपिन् पनि सकिने आश्वासन दिनु भयो ।
कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुने र आमन्त्रण स्विकार गरेर उपस्थित भइ दिनु हुने सम्पूर्ण अतिथिहरू लाई झाले विशेष धन्यवाद दिएकि थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here