रौतहट २०,कात्तिक ।
मिन्त्रा देवी घट्नाको प्रतिवादी कारागार चलान भएका छन्। गत भदौ १४ गते रौतहटको गढीमाई नगरपालिका वडा नं. ३ गम्हरिया पर्सा मुसरी टोल वस्ने सकल बैठाको श्रीमती ३५ बर्षीय मिन्त्रा देवी वैठा लाइ घाटी कसी हत्या गरेको आरोप लागेका चार जना प्रतिवादी कारागार चलान भएका हुन्। घास काट्न गएकि मिन्त्रा देवी अबेर सम्म घर नफर्किएपछि उनको घरपरिवारका सदस्यहरुले खोज तलास गर्दै स्थानिय समिउल्ला कवारीको उखु बारीमा अज्ञात व्यक्तिले घाँटि कसेको अवस्थामा मृत लास फेला पारेका थिए । सोहि आरोपमा जिल्लाको गढीमाई नगरपालिका वडा नं।३ वस्ने अनवर हुसेनको छोरा वर्ष ४० को जमसैद मियाँ, सोहि ठाउ वस्ने सफी महम्मद मियाँको छोरा वर्ष ३५ को दाउद मियाँ, कैल भन्ने रफिक मियाँको छोरा वर्ष ३२ को जहरुदिन मियाँ भन्ने हारूण रसिद, र सफि महम्मद मियाँको छोरा वर्ष ४० को महम्मद ईसराफुल मियाँलाई असोज १२ गते प्रहरीले पक्राउ गरेको थियो।सरकारी वकिल कार्यालय रौतहट मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएका आरोपितलाई मंगलवार सम्मानित रौतहट जिल्ला अदालतको आदेशबाट मुद्दा पुर्पक्षको लागि रौतहट कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here