काठमाडौं १ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजे नेकपाको स्थायी समिति बैठक बस्ने भएको हो ।

बैठकमा संसद विघटनविरुद्धको दोस्रो चरणका आन्दोलनका कार्यक्रमका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्ने बताइएको छ । आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गरेसँगै नेकपाले विभिन्न विरोध कार्यक्रमहरु गरिरहेको छ । अहिले नेकपाले दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here