सर्लाही, २३ पौष ।
सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायव सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । संभार तराई एक्सप्रेस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here