रौतहट २२ पौष ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बरहथवा नगरपालिका ९ पैतालिस बिग्घास्थित नयाँरोड मधुवनि सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङ रहेको सर्लाहीका प्रहरी प्रवक्ता तथा डीएसपी मदन कुँवरले जानकारी दिए ।

बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको बा ५८प ४५३१ नम्बरकोे मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारको लागिवीरगञ्जतर्फ लेँजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक रामनगर गाउँपालिका वडा नं. १ खैर्वाका १७ वर्षीय शुसिल गिरी र पछाडि सवार बसबरिया गाउँपालिका वडा नं. ६ चोर्वाका १८ वर्षीय जयराम यादवलाई प्रहरीले नियन्त्रण्मा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here