रौतहट २२ पौष ।
सर्लाहीमा दुई दिनमै १६ विघाबढी भन्दा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहका अनुसार मंगलवार लालबन्दी नगरपालिका– १४ पत्थरकोटमा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा फडानी गरेको छ ।विशेष सूचनाको अधारमा लागुऔषध गाँजा खेती नष्ट अभियान अन्तर्गत ७ विघामा लगाइएको करिब ७० हजार गाँजा खेती नष्ट गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताएका छन्।
उनका अनुसार सोमबार मात्र लालबन्दी नगरपालिका– १४ स्थित सत्र कठ्ठा भन्ने स्थानमा अवैध रुपमा अन्दाजी ९ विघामा लगाइएको करिब ९० हजार गाँजाको बोट नष्ट गरिएको सर्लाही प्रहरील कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानाकारी दिएका छन्।








