रौतहट, २१ पौष ।

रौतहट जिल्लाको राजपुर नगरपालिकाका मेयर मोहमद सकिल अख्तर र निमित प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले झुलुङ्गे पुलको शिलन्यास गरेका छन् । नगरपालिकाको वडा न ६ र ७ जोड्ने भकुवा नदिमा निर्माण हुने उक्त पुलको मंगलबार सिलान्यास गरिएको हो ।
झोलुङ्गे पुलको निर्माणले वडा नं. ६ र ७ का जनताहरुले वर्षौं देखि भोगी आइरहेको समस्या अबको केही महिनामा अन्त्य हुने मेयर अख्तरले बताउनु भयो । ३० लाखको लागतमा ३२ मिटर लामो र ५ फिट फराकिलो पुल निर्माण हुने प्रशासकिय अधिकृत ठाकुरले जानकारी दिनु भयो ।
साथै उक्त शिलन्यास कार्यक्रममा राजपुर नगरपलिकाका ईन्जिनियर मो शाह फशैल, वडा न ६ का वडा अध्यक्ष शेख मोजरे आलम, भद्रभलादमी लगायत समाजसेविहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here