रौतहट, १५ पौष ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्कुले बालबालिका मार्फत रौतहटबासीहरुलाई पुर्न सरसफाईमा विषेश ध्यानदिन आग्रह गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव

राष्ट्रिय गौरबको रुपमा संचालनमा रहेको हुलाकी सडक आयोजनाको स्थलगत निरिक्षण गर्ने क्रममा सडक संगैं जोडिएर रहेको अन्होतीलाल माध्यमिक विधालय बसन्तपटीका बालबालिकाहरुसंगको विहानी पिरियडलाई सम्बोधन गर्दै प्रजिअ यादवले विगतमा बाटोको अवस्था जस्तो सुकै रहे पनि हाल जिल्ला खुल्ला दिशामुक्त भई सकेको र हाल सम्म पनि धेरै स्थानमा दिशापिसाहरु बाहिर गरेको देख्दा आफुलाई दुखलागेका आफुले देश विकासका मेरुदण्डका रुपमा रहनु भएका तपाई विधार्थी भाई बहिना मार्फत जिल्लाबासीलाई सफा र स्वस्थ हुन आग्रह गरेको बताउनु भयो ।

विधार्थी भाई बहिनीहरुलाई सँबोधनकै क्रममा प्रजिअ यादवले जिल्लाका महिला दिदीबहिनीहरुले विगतका दिनमा झेल्दैं आएका स्वास्थ्य सम्बन्धि समस्याहरु अब अगामी दिनहरुमा विस्तार समाप्त हुदै जाने अवसर सरकारले संचालन गरे अनुरुप नै गाउ गाउमा धुवामुक्त भई रहन स्वस्थ हुन गोइठोलाई विदाई गर्दै गोबर ग्यास जस्ता प्लान्टहरुको परिकल्पना गरि संचालनमा ल्याउन लागिएको जानकारी दिनु भयो ।

विधालयका विधार्थीहरुलाई राम्रो संग ध्यान लगाई सफा र स्वस्थ भई शान्ति वातावरणमा शिक्षा हासिल गर्नुका साथै व्यवहारी ज्ञान समेत हासिल गर्न आग्रह समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here