a]bsf]6 -s~rgk'/_, !% dªl;/M dxfsfnL gbLdfly lgdf{0f ePsf] kSsLk'n s~rgk'/l:yt dxfsfnL gbL dflysf] rf/ n]gsf] kSsL k'n . pQm k'n lgdf{0f eP;Fu} bf]wf/f rfFbgL cfjthfjt ug{ ef/tLo af6f] k|of]u ug{'kg]{ afWotf x6]sf] 5 . tl:a/M uf]s'n hf]zL÷/f;;

बेदकोट (कञ्चनपुर), १५ मङ्सिर |

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार हुनुहुन्थ्यो । उहाँ फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउनुहुन्थ्यो । हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उहाँ रोजगारीमा जोडिनुभएको हो ।“पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो आम्दानी छ।मुआब्जाबापत पाएको रकमले उहाँले घर निर्माण गर्नुभएको छ । त्यहीँ घरमा एउटा किराना पसल थाप्नुभएको छ, दुई भैँसी पालिरहेका उहाँ दूध पनि बेच्नुहुन्छ । “पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ । उहाँका अनुसार पाँच कठ्ठा जमिनको रु ४० लाख मुआब्जा पाएका थिए । दोधारा चाँदनी–१ मा अहिले उहाँको सात कठ्ठा जमिन बाँकी छ । अटोबाट यात्रु बोकेर दैनिक रु दुई हजार आम्दानी हुने गरेको कृष्णदत्तको भनाइ छ । “सहकारीलाई दूध बेच्छौँ । सडक बनेपछि घरमै आएर रु ५० मा सहकारीले दूध लैजान्छन्”, उहाँले भन्नुभयो ।

महाकालीमा पक्की पुल निर्माण भएपछि कृष्णदत्तसँगै दोधारा चाँदनीका १० जनाले अटो किनेका थिए । अहिले दोधारा चाँदनीमा अटो व्यवसाय गर्नेको सङ्ख्या बढ्दो रहेको उहाँको भनाइ छ । दोधारा चाँदनी–१ का धनबहादुर बम चार वर्षअघिसम्म काम गर्न भारत जानुहुन्थ्यो । केही वर्ष भारतमा काम गर्नुभएका उहाँले कोरोना महामारीका बेला घरमै बाख्रापालन गर्नुभयो ।त्यतिबेलासम्म दोधारा चाँदनीको ग्रामीण सडक कालोपत्र भइसकेको थियो । त्यसपछि चिया नास्ताको होटल व्यवसाय थालेका उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ । “यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे।”महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन । पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ । दोधारा चाँदनी झोलुङ्गे पुलमा दुई पाङ्ग्रे सवारीसाधनमात्रै चल्ने गरेका छन् । महाकालीमा पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीय भारतीय बाटोको प्रयोग गरेर शारदा ब्यारेज भएर महेन्द्रनगर आउजाउ गर्ने गरेका थिए । पक्की पुल निर्माणले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here