काठमाडौं १३ पौष ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ ।
नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र रसिया बीचको ऐतिहासिक मित्र सम्बन्ध सँगै वर्तमान नेपालको राजनैतिक अवस्थाबारे पनि कुराकानी भएको मन्त्री त्रिपाठीको सचिवालयले जनाएको छ ।
राजदूत नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै रसियासँग संसारका १०८ देशले हाल खोप मागेकोमा रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here