रौतहट १२ पुष ।
रौतहटको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको २ वटा गाडी भेटिएपछि प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको चन्द्रनिगाहपुर चोकको पुर्व महेन्द्र राजमार्गसँगै रहेको कुमारी बैंक अगाडि रोकि राखेको अवस्थामा एउटै नम्बर प्लेट भएको स्कारपियो गाडी आइतबार फेला परेको हो ।

बा १७ च ९३६५ नम्बरको एउटै नम्बर भएको स्कोरपियो गाडी स्थानियले देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । दुई वटा गाडीमध्ये एउटा सेतो रंगको र अर्को सिल्भर रंगको रहेको छ ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम शाहीले बताउनु भयो । ति दुइ ओटा गाडीमध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगकोे गाडीको कुनै कागजात नभएको प्रहरीले जनाएको छ ।

सो गाडीका चालक पनि फरार रहेको प्रहरी उपरीक्षक शाहीले बताउनु भयो । सेतो गाडी लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा पुरेयाइएको छ । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको टि–गार्डेन रिर्सोटको नाममा रहेको रिसोर्टका कर्मचारी रोशन लामाले बताउनु भयो ।

आफूहरुले काम विशेषले सो गाडी लिएर चन्द्रनिगाहपुरमा आउँदा आफ्नो गाडीको नम्बर प्लेटकै अर्को गाडी पनि फेला परेको लामाले बताउनु भयो ।

अर्को गाडीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक फरार रहेको गाडी भारतबाट चोरी गरेर ल्याइएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here