कामाडौँ ११ पौष ।
नशा सम्बन्धी रोगका कारण मृत्यु हुनु भएका राष्ट्रिय खेल भलिबलका पूर्व मुख्य प्रशिक्षक सुदेश रिमालको सम्मानमा आज (शनिबार) राष्ट्रिय खेलकुद परिषद्ले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । राष्ट्रिय खेलाडी देखी मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुभएका सुदेशको अन्तिम सम्मानमा राखेपले त्रिपुरेश्वरमा श्रद्धाञ्जली सभा गरेको हो ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकलुद परिषद्को हातामा कार्यक्रम आयोजना गरी पूर्व मुख्य प्रशिक्षक सुदेशको श्रद्धाञ्जली सभा गरेको हो । यस्तै राष्ट्रिय खेलकुद परिषद्ले आईतबार राखेपमा विदा दिने निर्णय समेत गरेको छ । ब्रेनह्यामरेज भएपछि बाँसबारी न्यूरो अस्पतालमा उपचाररत ५६ वर्षीय रिमालको शुक्रबार निधन भएको हो । पर्साको वीरगन्जमा जन्मिनु भएका रिमाल पछिल्लो दुई वर्ष राखेपको नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को निर्देशकका रूपमा काम गर्दै आउनुभएको थियो । गत वर्ष मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा भलिबल टोलीको मुख्य प्रशिक्षक समेत रहनुभएका सुदेशको टोली नेपालले कांस्य पदक जितेको थियो । भलिबललाई माया गर्ने खेलाडी मध्येका सुदेशलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल यसरी सम्झिनुभयो ।

दोस्रो पुस्ताको रुपमा चिनिनु भएका रिमाल २०४० सालपछि करिब एक दशक राष्ट्रिय टोलीका सदस्य रहेर सन १९८६ मा दक्षिण कोरियाको सोलमा भएको एसियाली खेलकुदमा नेपाली टिमको प्रतिनिधित्व गर्नुभएको थियो । विभिन्न कोर्स पूरा गर्नुभएका रिमालले राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो । २०४२ सालमा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा सुदेश नारायणी अञ्चलको टोलीबाट राष्ट्रिय टोलीमा डेब्युु गर्नुभएको थियो । ओपन स्पाइकरको पोजिसनबाट खेल्दै आउनुभएका सुदेश सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला टोलीले कांस्य पदक जित्दा प्रमुख प्रशिक्षक रहेनु भएको थियो । मध्यम प्रदर्शन गर्ने सुदेशको अन्तिम श्रृद्धाञ्जलीमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष सहित विभिन्न पदाधिकारी, नेपाल भलिबल संघका पदाधिकारी देखी भलिबल खेलाडी उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here