कैलाली ५, पौष ।
जिल्लामा लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुर र लम्कीबाट संयुक्त रुपमा खटीएको टोलीले टीकापुर नगरपालिका–८ खक्रौलाबाट भारतको उत्तर प्रदेश लखिमपुर खिरीका जसपाल सिंहलाई २० ग्राम लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

सिंहका साथबाट लागुऔषध नापतौल गर्ने डिजिटल तराजु एक थानसमेत बरामद गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here