रौतहट, ४ पौष ।
रौतहटको सदरमुकाम गौरबाट आरैया जानेबाटोमा पर्ने लालबकैया नदिमा ईशनाथ नगरपालिकाले ड्राईभर्सन बनाएको छ ।
जनतालाई सदरमुकाम संगको सम्पर्कलाई मध्यनजर गर्दै ड्राइभर्सन बनाएको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले बताउनु भयो । नगर परिषदको निर्णय अनुसार नगर प्रमुख सन्तोष कुमार मेहताको सकृयतामा ड्राइभर्सन बनाईएको प्रमुख प्रशासकीय अधिकृत जोशीले प्रष्ट पार्नु भयो ।

ड्राईभर्सन बनेपछि ईशनाथ,राजपुर,परोहा र बौधीमाई नगरपालिका सहित तथा भारत सिमा क्षेत्रका हजारौं जनतालाई जिल्ला सदरमुकाम गौर आवतजाबत गर्न सुविधा भएको वहाँले बताउनु भयो । ईशनाथ नगरपालिकाले गतेदेखि ड्राईभरसन बनाई रहेका छन ।

जनतासंग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले जनताको सुविधालाई ख्याल राख्दै ड्राइभरसन बनाई सुविधा दिदैछ।तर सोही स्थानमा पक्की पुल बनाउन सरकार संग सम्झौता गरेका पप्पु कन्ट्रक्सन प्रालिले बनाउन सकेको छैन ।

पुल बनाउन सम्वन्धीत मन्त्रालयका मन्त्री , पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल , रौतहट क्षेत्र नम्बर १ का सांसद तथा पुर्व मन्त्री अनिल कुमार झा ,गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले पटक पटक आग्रह गरेपनि कालो सुचीमा परेका ठेकदार तथा निलम्बित सांसद हरिनारायण रोनियार सुनुवाइ नगरेको गौर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भुवनेश्वर कुमार शाहीले बताउनु भयो ।

सो स्थानमा पुल बनाउन बर्सेपिच्छे ठेकदारले नाटक गर्छन तर पुल बन्दैन । यस वर्ष पनि दस वारह जना लेबर खटाएर नौटंकी सुरु गरेका छन ।

पप्पुले साच्चिकै पुल बनाउने हो भने दैनिक ५० ६० को संख्यामा मिस्री लेवर खटाई आवस्यक निर्माण सामग्री आपुर्ति गरे २ महिनामा पुल बन्ने वडा अध्यक्ष शाहीले दाबी गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here