सप्तरी, ३ पौष ।

सप्तरीको राजविराज नगरपालिका वडा न। –१६ बोरिमा आज विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । अचानक गाइको गोठमा आगलागी हुदा गोठमा सुतिरहेका ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारि दिनुभयो ।

सोही आगोमा घरमा रहेको धनमाल जलेर करिब एक लाख रुपैयाँ भन्दा बढिको क्षति भएको छ । यता आगो स्थानीय प्रहरी, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासिन्दाको सहयोगमा झन्डै दुई घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here