रौतहट, ३ पौष ।
लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गरूडा नगरपालिका न्यायिक समिति, गरुडा रौतहटको आयोजनामा रौतहट जिल्लाभित्र बढ्दै गएको लैङ्गिक हिंसा तथा ज्येष्ठ नागरिकहरूमा बढिरहेको अपमानलाई न्यूनीकरण गरि बचावटको उपाय र घटना सन्दर्भमा कानूनी उपचार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संघीय प्रहरी कार्यालय, जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

गरुडा नगरपालिकाका गरूडा नगरपालिकाका नगर प्रमुख ईन्नु राय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह, ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक रवि रावल एवम रौतहटका सम्पूर्ण पालिकाहरुका उपप्रमुखहरूको सहभागिता रहेको थियो ।नगरपालिका कर्मचारी, सुरक्षाकर्मी, भर भलादमी लगायतको उपस्थितिमा भएको कार्यक्रममा सहभागी पालिकाका उपप्रमुखहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलम सहभागी रहेको कार्यक्रम गरूडा नगरपालिकाको उपप्रमुख रंगीला कुमारी जयसवालको संयोजकत्वमा सम्पन्न भएको हो।
