रौतहट, ३ पौष । रौतहटको सदरमुकाम पुर्वमा रहेको राजदेवी नपाले भ्रष्टाचारको सिमा नाघेको भन्दैं शुक्रबार सर्वपक्षिय संर्घष समितिले नपा घेराउ गरेको छ । नगरपालिकामा जनप्रतिनिधी निर्वाचित भए देखि हाल सम्म गरिएका सबै विकासे कार्यहरुमा नगर प्रमुखले कर्मचारीहरुको मिलोमतोमा भ्रष्टाचार गरेको भन्दैं सर्वपक्षिय संर्घष समितिले नगरपालिका घेराउ गरेको समितिका एक सदस्यले बताएका छन् ।

राजदेवी नगरपालिकाको अनियमितता तथा भ्रष्टाचारको विरुद्धमा सर्वदलिय, सर्वपक्षिय शान्ति पुर्ण आन्दोलन कार्यक्रमका लागि नगरपालिका अगाडी बैनर सहित गएका नेकपा, जसपाका नेता तथा कार्यकर्ताहरु सहित सयौं सर्वसाधारणहरु समेतले नगरपालिकाको गेटमा राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंह बिरुद्ध नाराबाजी गरेका छन् । शुक्रबार भएको विरोध कार्यक्रममा नेकपाका राजकिशोर यादव, भिखारी राय यादव, मुना यादव र जसपाका रामेश्वर राय यादव,बबन सिंह, अनिल सिंह लगायतका अन्य सयौं नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।








