रौतहट, ३ पौष ।

स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत कटहरिया पिएचसि कटहरियामा बर्थिङ सेन्टरको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । कटहरिया नगरपालिका प्रमुख सियाराम प्रसाद कुशवाहाले शुक्रबार एक कार्यक्रमका विच शिलान्यास गरेका हुन । २३ लाख ७३ हजार ३ सय ७५ रुपैया १० पैसाको कुल लागतमा निर्माण हुने ३ कोठे बर्थिंग भवनको निर्माण कार्य सम्पन्न गर्न नगर प्रमुख कुशवाहाले सिलान्यास गरेका छन् ।

आडरा नेपालले निर्माण गर्न लागेको बथिंग सेन्टरमा लाग्ने कुल रकममा नगरपालिकले बालुवा, ईटा, सिमेन्ट र छड खरिद कार्यका लागि जम्मा ९ लाख ८० हजार ३० रुपैया ६१ पैसा नगरपालिकाबाट प्रदान गरिने नगर प्रमुख कुशवाहाले जानकारी दिनु भयो । कार्यक्रममा कटहरिया नपाका वडाअध्यक्षहरु चन्दन कुशवाहा, सर्फलाल गुप्ता , कार्यपालिका सदस्य रामप्रवेश साह, नेकपा नगर अध्यक्ष योगेन्द्र साह लगायत समाजसेविहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here