रौतहट २ पौष ।
रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर १ वडा अध्यक्षले थुनुवाहरुलाई न्यानो कमल वितरण गर्नु भएको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको न्यायिक हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी यमुनामाई नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष नन्दलाल प्रसाद यादवको सहयोगमा थुनुवाहरुको लागी कमल वितरण गरेको जनाइएको छ । “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम “अन्तर्गत इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखको बिशेष पहलमा थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमल कार्यालय प्रमुख प्र ना उ रवि रावललाई हस्तान्तरण गर्नु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here