रौतहट,३० मंसिर ।
चन्द्रपुर नगरपालिकाले वातावरणीय प्रभाव मुल्याकन प्रतिबेदन आईइ स्विकृत नै नगरी ढुङ्गा, गिट्टी तथा बालुवा निकासीको ठेक्का लगाएको छ ।
बाग्मति नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा दैनिक तीन सय घनमिटर र चादी नदी क्षेत्रबाट दैनिक ९ सय घनमिटर उत्खनन् तथा संकलन, निकासीको लागि वातावरणीय प्रभाव मुल्याकन परिक्षण प्रतिबेदन स्विकृत नै नगरी गएको ठेक्का लगाएको हो ।
बागमति नदिको आरएस कन्स्ट्रक्सन चन्द्रनिगाहपुरले ३ करोड एकलाख र चांदी नदीको आसिष कन्स्ट्रक्सनले ३६ लाखमा ठेक्का सकार गरेको थियो ।
प्रारम्भिक वातावरणीय मुल्याकन परिक्षण प्रतिबेदनमा डिभिजन वन कार्यालयले स्विकृत नगरेको, अनुगमन प्रणालीको कमजोर ब्यवस्था रहेको र बागमति नदिको जोखीमयूक्त स्थानमा संकलन अनुमति दिईएको गुनासो आएकाले तीन दिन भित्र सत्यतथ्य जवाफ पठाउन मंसिर १७ गते जिल्ला प्रशासन कार्यालयले पत्र नगरपालिकालाइ पठाएको छ ।
यता नगरपालीकाले वातावरणीय प्रभाव मुल्याकन परिक्षण प्रतिबेदन नै स्विकृत नगरी ठेक्का लगाएको डिभिजन वन कार्यालयले जनाएको छ । बन कार्यालयले मंसिर २६ गते नगरपालिकालाइ नियम अनुसार ठेक्का लगाउन पत्राचार गरेको छ । बन कार्यालयले १५ बुदे सुझाव पत्र समेत पठाएको छ ।
नगरपालीकाका लेखा अधिकृत तथा राजश्व फांटका कर्मचारी कृतीराज सुबेदीले प्रतिबेदन स्विकृत हुने प्रक्रियामा रहेको बताउदै कार्यपालिकाबाट स्विकृत भएको बताएका छन ।
सघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ५ गते जारी गरेको मापदण्डमा प्रतिबेदन स्विकृत गराएर मात्र स्थानियतहले नदिको ठेक्का लगाउन निर्देशन दिएको थियो । संभार कमलपाटी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here