काठमाडौं, ३० मंसिर ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ३६ जना कोरोना संक्रमित भेटिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन्।
आज १ हजार ९ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here