रौतहट ३० मंसिर ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा न. ३ गैडाटारमा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्र्तगत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रौतहटको मातहतमा सञ्चालन हुने गरि सो सेवा केन्द्रको कार्यालय मंगलबार उद्घाटन गरिएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको सहयोगमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रौतहटको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र चिकित्सक डा. शिव शंकर रायको अध्यक्षतामा सो केन्द्रको उद्घाटन गरिएको स्थानिय समाजसेवी राजु धामीले बताउनु भयो ।
रौतहटको चन्द्रपुर ३ गैडाटारका नागरिकहरुले आयुर्वेद सेवाको समेत सुविवधा पाउने भएपछि स्थानियमा खुशी छाएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरति चौधरी , प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल , भौतिक पुर्वाधार योजना संयोजक काजीमान माझी ,सामाजिक विकासका संयोजक सरस्वती खुलाल ,लाल बहादुर दोङ , लिलाधर तिमल्सिना , भवानी गुरो सन्त बहादुर पाख्रिन , गोपाल बहादुर फयल , उत्तर बहादुर थापा लगायतका सहभागीता रहेको स्थानिय सन्तोष चौहानले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here