डोटी २९ मंसिर ।
अछाम जिल्ला अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा. मनोज विष्टले जानकारी दिनुभयो ।

कर्मचारी निको भए लगत्तै सबै सेवा सुरु गर्ने पनि उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित सबै कर्मचारीहरू होम आइसोलेशनमा रहेका छन् । अस्पताल सिल भएपछि आकस्मिकबाहेकका अन्य उपचारका लागि जिल्ला अस्पताल डोटी तथा कैलाली जानुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here