काठमाडौं २९ मंसिर ।
सोमबार नेपाली बजारमा सुनको भाउ १०० रुपैयाँले घटेको छ । साताको पहिलोदिन छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो भने सोमबार १०० रुपैयाँले घटेर ९२ हजार ४०० मा कारोबार भइरहेको छ ।
आज तेजावी सुन प्रतितोला ९१ हजार ९५० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको भाउ भने स्थिर रहेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो ।








