रौतहट २६ मंसिर ।
रौतहटको सदरमुकाम गौर नगरपालिकाले बिहीबारदेखि ९ वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लागु गरेको हो ।
रौतहटमा पहिलो पटक गौरले आफनो नगरका जनताहरुलाई अनलाइनबाट सेवा दिने कामको शुरुवता गरेको छ ।
गौर नगरपालिकाको सभाहलमा अनलाइन सुभारम्भ कार्यक्रमको आयोजन गरि सो कार्यको शुरुवता गरेको हो । सो कार्यक्रम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता बिकास गर्दै विहिबारबाटै सबै वडामा लागु गर्ने योजनासहितको सेवा सुरु गरिएको नगरपालिकाले जनााएको छ ।
गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले स्थानीय सेवाग्राहीहरुलाई सहजताका लागी करदातालाई अनलाईन प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गर्नु भएको थियो ।
सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रधानले हरेक वडामा जनताको सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताउनु भयो ।

अबको प्रशासन सहभागितामुलक, पारदर्शी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि प्रबिधि नै उपयुक्त विकल्प रहेको बताउनु भयो ।
अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजश्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने बताउनु भयो ।
सूचना प्रबिधि रौशन श्रीवास्तवले विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो स्थानीय तह गौर नगरपालिकामा अनलाइन प्रणाली सुरु गरेको बताउनु भयो ।

सफ्टवेयर निर्माण गरेको सांग्रिला इन्फरमेटिक्सका प्रतिनिधिले सम्पुर्ण वडामा सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिने बताउनु भयो ।
‘सार्वजनिक सेवालाई भरपर्दो, सुलभ, गुणस्तरीय र पहुँच योग्य बनाउन यस प्रणाली उपयुक्त रहेको बताइएको छ ।
कार्यक्रममा गौर नगरपालिकाका वडा अध्यक्ष लगायत सचिव र कम्प्युटर अपरेटर कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here