महोत्तरी २२ मंसिर ।
पिपरा गाउँपालिकामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पिपरा–१ एकरहियामा सोमबार बिहान स्कुल बसले ठक्कर दिँदा पिपरा–३ का १९ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

अमितलाई ना १ क ४८०५ नम्बरको बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अमितको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पीपराकै १८ वर्षीय नविन यादवको उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here