महोत्तरी, २१ मंसिर ।
भंगहा नगरपालिका ५ सीतापुर बजारमा दुर्गा मन्दिरको निर्माण प्रारम्भ भएको छ ।
नगरपालिकाको ५० लाखको लागतमा दुर्गा मन्दिरको निर्माण प्रारम्भ भएको हो ।
शनिबार एक समारोहबीच भंगहा नगरपालिकामा मेयर संजिवकुमार साहले शिलान्यास गरेका छन् ।
केहि महिना भित्रै मन्दिर निर्माण हुने नगर प्रमुख साहले बताए ।
सीतापुर बजारमा प्रत्येक वर्ष दशैंका दुर्गा पूजा एवं ठूलो मेला लाग्ने गरेको पुरानो मन्दिर जीर्ण भइसकेकाले आकर्षक मन्दिर निर्माण गर्न लागेको नगर प्रमुख साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here