काठमाडौं,३,भदौ ।
नेकपा एमालेका सांसद डा। भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर
नेपालको अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य नहुने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर ५ दलीय
गठबन्धनले गरेको कुरा संविधान भन्दा माथि नहुने भन्दै संविधान अनुसार चल्न
सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको नागरिकता गैरकानूनी किसिमले
पाएकाहरुको छानबिन गर्न र नपाउने नेपाली नाग्ीरकलाई नागरिकता दिनुपर्ने
बताउनु भयो । उहाँले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाको लागि
५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै
गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा
पार्ने मनशायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो । उहाँले संविधान बनाउँदा
गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधान बिरोधी काम गरिरहेको आरोप
लगाउनु भयो ।
नागरिकता नपाउने को हुन् रु कतिले पाएका छैनन् र कतिले
नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन् त्यसको छानबिन गरौँ । कतिले
पाएका छैनन् बल्ल थाहा हुन्छ । नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी
महिलाको लागि ५ देखि ७ वर्षपछि नागरिकता पाउनेछन् भन्ने तर्क कसरी गलत
हुन्छ रु यसलाई गलत भन्ने तर्क जनसंख्याको राजनीतिबाट चिरकाल नेपालको
राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित तर्क हो । वास्तविक
नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा छ नेपालको
राष्ट्रिय हीतमा छैन र रु नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन
हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्नपनि तयार
नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास रु यही हो राष्ट्रियताप्रतिको
संवेदनशीलता रु कसैले भन्नसक्छ रु सकिँदैन । ७ वर्षसम्मको अवधि तोक्ने कुरा त
सहमति भएको थियो । आज सहमतिबाट पछि हटेर काम गर्ने रु बालुवाटारमा बस्ने ५
दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो रु त्यसले जे फैसला गर्छ
त्यो संविधान भन्दा माथि हुन्छ रु यदी त्यस्तो हो भने राजतन्त्र किन समाप्त
गरेको रु ५ दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली
गरे हुँदैन रु यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको
अस्तित्व समाप्त गर्नेकुरा स्वीकार्य हुँदैन ।’
सांसद रावलले संविधान भन्दा गठबन्धनले गरेका निर्णयहरु हुनेभए राजतन्त्र
किन समाप्त गरेको रु भन्दै प्रश्न गर्नुभयो ।








