काठमाण्डौ २० मंसिर ।
यति एयरलाइन्सले आज (शनिबार) देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ ।
एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट प्रत्येक शनिबार नियमित रुपमा दुईवटा पर्वतीय उडान हुनेछन् । एयरलाइन्सले सस्तो प्याकेजमा उडान गर्ने भएपछि यात्रुहरुको चाप पनि बढी देखिएको छ । एयरलाइन्सले सगरमाथाको उचाई बराबरको मूल्य ८ हजार ८ सय ४८ रुपैयाँमा एक टिकट किन्दा अर्को सित्तैमा दिने प्याकेज समेत ल्याएको हो । जसका कारण माग बढेको प्रवक्ता बार्तौलाको भनाई रहेको छ । यस्तै एक जना व्यक्ति मात्रै यात्रा गर्ने हो भने ७ हजार ८ सय ४८ रुपैयाँमा झ्यालको सिट पाउने गरी टिकट उपलब्ध गराइएको पनि उहाँले बताए । कोभिडको समयमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरी उडान गरिएको जानकारी बार्तौलाले गराए
पर्वतीय उडानमा सहभागि भएका यात्रुहरुले नजिकैबाट हिमालय देख्न पाउँदा खुशी लागेको बताएका छन् । एउटा टिकट किन्दा अर्को सित्तैमा पाउँदा सस्तो पनि भएको र जहाजबाट हिमाल अवलोकन गर्दा निकै आनन्द महसुस भएको बताउदैं शनिबारको पर्वतीय उडानमा जानु भएका ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले सस्तोमा पर्वतीय उडान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए
एयरलाइन्सले यात्रुहरुको माग बढ्दै गए उडान संख्या बढाउँदै जाने बताएको छ । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्वतीय उडानमा भारी छुट दिइएको एयरलाइन्सले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here